काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रे जिल्लाको प्रथम जिल्ला बैठक काभ्रेको बनेपामा सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता तथा सञ्चालक काभ्रे जिल्ला संयोजक कृष्ण सेवाले गरेका थिए।
नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् बागमती ब्यूरो इन्चार्ज सरदको प्रमुख आतिथ्य, नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज प्रताबको आतिथ्यमा सम्पन्न बैठकले विशेष राष्ट्रिय भेलाले तय गरेको नयाँ कार्यदिशा र कार्यनीति अनुसार काभ्रे जिल्ला दृढ भएर अगाडि बढ्ने निर्णय गरेको छ ।
उक्त बैठकमा आयोजक समिति सदस्य तथा प्रमुख अतिथि बागमती ब्यूरो इन्चार्जले काभ्रे जिल्लामा भएको विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरूबारे स्पष्ट पारेका थिए । उनले समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए । साथै उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनदबाब, जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोह हुने पनि बताए ।