पार्टी निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने नेकपा सचिवालयको निर्णय

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्यहरूको बैठकले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रस्ताव र निर्णयहरूलाई रक्षा, पालना र कार्यान्वयन गर्ने, पार्टीको राजनीतिक प्रस्ताव र निर्णय विपरीत हुने गरी कुनै पनि नेता–कार्यकर्ताले सामाजिक सञ्जाल र अन्य माध्यमबाट धारणा सार्वजनिक नगर्ने, आफूहरूलाई लागेको विषय र धारणाहरूलाई आ-आफ्नो पार्टी समितिमा राख्न सकिने निर्णय गरेको छ ।

सचिवालयको बैठकले राजनीतिक बन्दी र झूट्टा मुद्दा खारेजीका विषयमा पार्टीहरू र सरकारसँग छलफल गरी निर्णायक टुङ्गोमा पुर्याउने निर्णय पनि गरेको छ ।

त्यसैगरी देशको राजनीतिक समस्या समाधानका लागि देशका सबै राजनीतिक पार्टीसँग संवाद अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :