भैरहवामा नेकपाले जनप्रर्दशन गर्ने

प्रकाश डुम्रे / बुटवल :  संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेत्र बिक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आउँदो भदौ २० गते रुपन्देही, भैरहवामा जनप्रर्दशन गर्ने भएको छ । संविधान सभा हुँदै स्थानीय निर्वाचनको समेत शसक्त खारेजी गरेको नेकपाले आउँदो मंसिरमा गर्ने भनिएको प्रदेश चुनावमासमेत भाग नलिई वहिष्कार एवं खारेजी गर्ने निर्णय गरिसकेको छ । नेकपाले नेपालको मुख्य समस्या दलाल संसदीय व्यवस्थानै भएको निष्कर्षसहित यो व्यवस्थाको अनत्य नभएसम्म जनता वास्तबिक अधिकार सम्पन्न नहुने उसको बुझाई छ । नेकपाले प्रचण्ड पुर्ण रुपमा एमालेकरण भएको र बाबुराम कम्युनिस्ट नीति, सिद्धान्त नै छाडेर प्रतिक्रियावादी कित्तामा गएको नेकपाको निष्कर्ष छ । नेकपाले पछिल्ला समय यता दलाली, तस्करी र भष्ट्राचारीका विरुद्ध कडा कदम चाल्दै आएको छ ।

२०७४ भदौ १८ गते १२ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :