कर्णालीमा यातायात ठप्प

सुर्खेतः कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक खण्डको गगनेखोला आसपासमा गएको ठूलो पहिलोका कारण यातायात अवरुद्ध भएको हो । ‘पहिरो पन्छाउन पाउँदा–नपाउँदै अर्को पहिरो आइहाल्छ’ सडक डिभिजन कार्यालय सुर्खेतको भनाई छ । पानी नपरेको समयमा पनि पहिरो बगिरहेका कारण निर्माण व्यवसायी नै त्रसित देखिन्छन् । सो स्थानबाट पैदल हिँड्न पनि कठिन रहेको छ । भदौ लाग्नु अगाडिदेखि नै सर्खेत–जुम्ला सडक अवरुद्ध भएका कारण जनजीवन प्रभावित छ । ब्यापारीले चाडपर्वका सामान खरिद गर्न पनि पाएका छैनन् ।

२०७४ भदौ १८ गते १०ः २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :