नेकपा सचिवालय बैठक सम्पन्न

नेकपा सचिवालय बैठक सम्पन्न

काठमाडौँ : मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीका गतिविधिबारे छलफल गर्दै नेकपाको सचिवालय बैठक सकिएको छ ।

पार्टी महासचिव विप्लवको अध्यक्षतामा बसेको सचिवालयको बैठकले कपिलवस्तु शिवगढीस्थित पार्टीको नवनिर्मित केन्द्रीय सम्पर्क कार्यालयमा सम्पन्न १२ औँ पूर्ण बैठकका निर्णयहरू दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी केन्द्रीय कार्यालय स्रोतले दिएको छ ।

पार्टी बैठकपछि देशभर राजनीतिक–वैचारिक प्रशिक्षणहरू जारी रहेको र जिल्ला समितिका बैठकहरू पनि सञ्चालन भइरहेको अवस्थामा निर्णय कार्यान्वयनमा एकरूपता ल्याउन सचिवालयको बैठक बसेको र सचिवालयका सबै सदस्यहरू पार्टी निर्णय एकरूपतामा कार्यान्वयन गर्ने निर्णयमै दृढ रहेको पनि कार्यालय स्रोतले जनाएको छ ।

स्मरणीय छ, नेकपाको बाह्रौँ पूर्ण बैठकले दलाल संसदीय व्यवस्थाले गराउने चुनावमा पार्टीले भाग नलिने तर एमसीसीविरोधी, देशभक्त र राष्ट्रवादीहरूलाई सहयोग गर्न सकिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :