`हामी युक्रेनको पक्षमा छौं´ बाेर्ड हटाउन युवा संगठन नेपालद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

`हामी युक्रेनको पक्षमा छौं´ बाेर्ड हटाउन युवा संगठन नेपालद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

नेपालस्थित अमेरिकी दूतावास बाहिर `हामी युक्रेनको पक्षमा छौं´ भन्ने ठूलो बोर्ड राखिएको कार्यप्रति युवा संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युवा संगठन नेपालले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै यस प्रकारको कार्यले नेपालको असंलग्नताको नीतिको ठाडो उल्लंघन हुन जाने उल्लेख गरेको छ ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, `त्यस बोर्डमा जुन शब्द (हामी) प्रयोग भएको छ, त्यसले नेपाल पनि युद्धरत देशको पक्ष र विपक्षमा भएको पुष्टि गर्दछ । यसरी कुनै पनि देशको जालमा परी नेपाल प्रयोग हुने कार्यले देश शक्ति राष्ट्रहरुको गोटी भएको प्रष्ट हुन आउँछ । यसले दीर्घकालीन रुपमा नेपाललाई सहि ठाउँमा पुर्‍याउदैन । अमेरिकी दूतावासले जुन कार्य गरेको छ यसले प्रचलित कुटनीतिक मान्यता विपरितको कार्य गरिरहेको छ । उक्त कार्य रोक्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । अमेरिकी दूतावासलाई सचेत गराई उक्त बोर्ड हटाउन तत्काल पहल गर्न सरकारसँग माग गर्दछौं ।´

ध्यानाकर्षण पत्रको पूरा पाठ-

श्री प्रधानमन्त्री ज्यु,
प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौँ

विषय: ध्यानाकर्षण पत्र

आज रुस र युक्रेन बिचको युद्धले सारा विश्वको ध्यान तानेको छ । यो युद्धले विश्व राजनीतिक र विश्व अर्थ राजनीतिमा प्रत्येक्ष वा परोक्ष असरहरु पारिरहेको छ । झट्ट हेर्दा यो रुस र युक्रेन बिचको संघर्ष जस्तो देखिएता पनि यो शक्ति राष्ट्रहरुको लडाईका रुपमा बुझ्नु पर्दछ । एकातिर रुस र अर्कोतिर नेटोका (अमेरिका) बिच चलेको शक्ति संघर्षमा युक्रेनी जनता पिल्सिएका छन् । यो युद्ध सृजना गर्नुमा युक्रेनका शासकको मुख्य हात भएपनि त्यहाँका जनताहरुले अनाहकमा युद्धको प्रसव पीडा बोक्नु परिरहेको छ । यो परिवेशमा कतिपय देशहरु रुस र युक्रेनको पक्ष विपक्षमा खुलेर लागेका छन् । यो सँगै अमेरिका युक्रेनको पक्षमा देखा परेको छ । युक्रेनलाई आर्थिक, राजनीतिक, सैन्य प्रविधि आदि सहयोग गरिरहेको छ । त्यसले युद्धलाई झन् बढावा दिइरहेको छ । अमेरिकाले सकेसम्म विश्वका अधिकांश राष्ट्रहरुलाई रुसको विरुद्धमा जाओस् भन्न चाहन्छ र त्यसको लागि सबै प्रकारका अप्सनहरु चालिरहेको छ ।

नेपाल स्थित अमेरिकी दूतावास बाहिर `हामी युक्रेनको पक्षमा छौं´ भन्ने ठूलो बोर्ड राखिएको छ । यस कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको कार्यले नेपालको असंलग्नताको नीतिको ठाडो उल्लंघन हुन जान्छ । त्यस बोर्डमा जुन शब्द (हामी) प्रयोग भएको छ, त्यसले नेपाल पनि युद्धरत देशको पक्ष र विपक्षमा भएको पुष्टि गर्दछ । यसरी कुनै पनि देशको जालमा परी नेपाल प्रयोग हुने कार्यले देशशक्ति राष्ट्रहरुको गोटी भएको प्रष्ट हुन आउँछ । यसले दीर्घकालीन रुपमा नेपाललाई सही ठाउँमा पुर्‍याउदैन । अमेरिकी दूतावासले जुन कार्य गरेको छ यसले प्रचलित कुटनीतिक मान्यता विपरितको कार्य गरिरहेको छ । उक्त कार्य रोक्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । अमेरिकी दूतावासलाई सचेत गराई उक्त बोर्ड हटाउन तत्काल पहल गर्न सरकारसँग माग गर्दछौं ।                                   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :