हाम्रो पार्टीले चुनावमा भाग लिँदैन : सुदर्शन

हाम्रो पार्टीले चुनावमा भाग लिँदैन : सुदर्शन

भरतपुर : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनले आफ्नो पार्टी दल दर्ता गराएर चुनावमा भाग नलिने बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण कार्यक्रममा सहभागी तीनसयभन्दा बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता सुदर्शनले आवश्यकता परेमा एमसीसीविरोधी, जनपक्षीय, देशभक्त उम्मेदवारलाई स्वतन्त्र रुपमा समर्थन गर्न सकिने तर अनिवार्य नभएको धारणा पनि राखे ।

नेता सुदर्शनले भने, ‘चुनावमा भाग नलिने, भण्डाफोर गरेर जाने नै प्रधान पहल हो ।’ पार्टीका नेता–कार्यकतालाई दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सम्पन्न गर्ने कार्यक्रममा निराशा होइन, आशावादी बनेर जनतामा जान र विजयभाव सम्प्रेषण गर्न पनि उनले आह्वान् गरे । दलाल पुँजीवादी शक्तिहरुले षड्यन्त्रपूर्ण रुपले सदनबाट राष्ट्रघाती एमसीसी पारित गरे पनि जनताको बलमा देशभक्तहरुलाई केन्द्रिकरण गरेर एमसीसी असफल बनाइदिनुपर्ने नेता सुदर्शनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :