नेकपा केन्द्रीय समिति बैठक भोलि ८ बजेबाट बस्दै, पार्टी चुनावमा जाने हल्ला अनर्गल प्रचार

नेकपा केन्द्रीय समिति बैठक भोलि ८ बजेबाट बस्दै, पार्टी चुनावमा जाने हल्ला अनर्गल प्रचार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक भोलि शुक्रबार बिहान ८ बजे कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार बैठकको तयारी पूरा भइसकेको छ भने पार्टी केन्द्रीय सदस्यहरू उपस्थित भइसकेका छन् । आफ्नै केन्द्रीय कार्यालयमा पहिलोपटक नेकपा केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय समिति बैठकमा राष्ट्रघाती एमसीसी, संसद्‌वादी चार पार्टीको गठबन्धन सरकारले घोषणा गरेको संसदीय व्यवस्थाको स्थानीय निकायको निर्वाचनबारे पार्टी धारणालगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा बैठकमा गहन छलफल गरी आगामी कार्यक्रम तय गर्ने योजना छ ।

पार्टी केन्द्रीय कार्यालयले पार्टीले निर्णय नै नगरी स्थानीयलगायत संसदीय व्यवस्थाको चुनावमा पार्टीले भाग लिने भन्दै चलाइएका हल्ला अनर्गल प्रचार मात्र रहेको पनि प्रष्ट पारेको छ । यसप्रकारका हल्लाको भ्रममा नपर्न पनि पार्टीले आह्वान् गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :