दोलखा, इलाम र नवलपरासीमा पनि राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस

दोलखा, इलाम र नवलपरासीमा पनि राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला अन्तरगत जिरी नगरपालिकाको मालिमा राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा दोलखा जिल्ला समिति सदस्यहरू काजी शेर्पा र पासाङ गेली शेर्पाले सम्बोधन गरेका थिए । मसाल जुलुस कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले एमसीसीको विरुद्धमा सशक्त आन्दोलन गर्नुपर्ने बताए ।

यसैगरी नेपाल बन्दको पुर्वसन्ध्यामा इलाममा मशाल जुलुस सम्पन्न भएको छ । बन्दको पुर्वसन्ध्यामा इलाम सदरमुकाममा मशाल जुलुससहित कोणसभा भएको हो । कोणसभामा नेपाल कम्युनिस्ट पार्टीका इलाम सेक्रेटरी मौसमले बोलेका थिए । उनले एमसीसी सम्झौता फागुन ४ गते नै पास गर्ने तयारी भएको हुनाले, पास गरिएर यो आन्दोलन निरन्तर अगाडि बढ्ने उद्घोष गरे । उनले भने दलालहरूको नामोनिसान नमेटुन्जेल आन्दोलन रोकिने छैन । उनले बुधबार हुने बन्दमा सडकमा आउन सबै देशभक्त इलामेली जनतालाई अपिलसमेत गरेका छन् ।

यस्तै बन्द सफल बनाउन भन्दै नेपाल बन्दको पूर्वसन्ध्यामा पश्चिम नवलपरासीसहित देशैभर मसाल जुलुस गरिएको छ । बर्दघाटमा भएको मसाल जुलुसमा नेता कार्यकर्ताहरूले एमसीसी सम्झौता खारेज गर दलालहरू होसियार लगायतका नाराबाजी गरेका थिए । शिवनगरबाट निकालिएको जुलुस बर्दघाट चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्रबहादुर थापा र नेकपाका बिशेष जिल्ला सदस्य गङ्गाराम ज्ञवालीले संसदबाट एमसीसी पारित गरिए एमसीसीका दलाल र मतियारहरूलाई जनताले नाङ्गेझार पार्ने बताए ।

जुलुसमा नेकपा माक्र्सवादी पुष्पलाल र स्थानीय जनताहरूले समेत साथ दिएका थिए । पाँच दलीय मोर्चाले बन्द सफल बनाउन आब्हान् समेत गरेका थिए । राष्ट्रघाती एमसीसी पास गर्नेहरूका बिरुद्ध लाग्न अपिल गर्दै मोर्चाले बन्द सफल बनाउन सबैसँग आग्रह गरेको हो ।

नेपाली काँग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न ५ पाँच दल र एक मोर्चा बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

एमसीसीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :