२७ औँ जनयुद्ध दिवस कास्की र धादिङमा पनि मनाइयो

२७ औँ जनयुद्ध दिवस कास्की र धादिङमा पनि मनाइयो

 

नेपाल कम्युनिष्ट पार्टी कास्कीको आयोजनामा २७ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाइएको छ । नेकपाका केन्द्रिय सदस्य तथा कास्की, मनाङका इन्चार्ज उमा भुजेल सिलुको प्रमुख आतिथ्यतामा २७ औँ जनयुद्ध दिवस मनाइएको नेकपा कास्कीले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सिलु, सयौँ नेता कार्यकर्ता र जनसमुदायहरुबिच अविर लगाएर शुभकामना आदान प्रदान गरिएको थियो ।                                                   

कार्यक्रममा नेकपाका विशेष कमिटिका सदस्य प्रकाश मल्ल, जन सेवकका प्रमुख संघर्ष, अखिल (क्रान्तिकारी) का महासचिव मिलन राई, श्रमिक समुदायका केन्द्रिय सचिव सिके लगायत अतिथिहरुको उपस्थिति थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी धादिङले पनि २७ औं जनयुद्ध दिवस पार्टीको जिल्ला सम्पर्क कार्यालय धादिङवेशीमा शुभकामना आदानप्रदान गरि मनाएको छ । 

पार्टीका जिल्ला सेक्रेटरी सुमन क्षेत्रीको अध्यक्षतारसञ्चालनमा भएको कार्यक्रममा पार्टीका पूर्व जिल्ला इञ्चार्ज राम बहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले वर्ग विभेदका विरुद्ध सुरु भएको जनयुद्धले पूर्ण रुपमा वर्ग विभेदको अन्त्य नहुँदै मुल नेतृत्व संसदीय भासमा फसेपछि आफ्नो पार्टीले वर्गसंघर्षलाई उठान गर्दै यहाँ उभिएको बताए ।                                 

सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते योद्धा र शुभचिन्तक जनसमुदायलाई २७ औं जनयुद्ध दिवसको शुभकामना दिदै एकीकृत जनक्रान्तिमा गोलबन्द हुन आव्हान समेत गरेका थिए । उपस्थित जिल्ला समिति सदस्यहरुले एक आपसमासमा शुभकामना आदानप्रदान गर्दै २७ औं जनयुद्ध दिवस मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :