अखिल (क्रान्तिकारी) ले देशव्यापी प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला दहनसहित एमसीसी सम्झौता जलायाे 

अखिल (क्रान्तिकारी) ले देशव्यापी प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला दहनसहित एमसीसी सम्झौता जलायाे 

अखिल (क्रान्तिकारी) कास्की र क्याम्पस जिल्ला समिति कास्कीको संयुक्त आयोजनामा पृथ्वीनारायण क्याम्पस अगाडि  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  पुत्ला दहन सहित MCC सम्झौता जलाएका छन् ।

राष्ट्रघाती MCC सम्झौता पास गर्ने प्रतिबद्धताका लागि गरिएको पत्राचारका सार्वजनिक भएपछि क्रान्तिकारीले त्यसको विरोध गर्दै MCC सम्झौता र प्रचण्ड, देउवाको पुत्ला जलाएको  क्याम्पस जिल्ला समिति पोखराको  अध्यक्ष उपेन्द्र परियारले जानकारी दिएका छन्  ।

यस्तै अखिल(क्रान्तिकारी)ले नवलपरासीको हरकट्टामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डद्वयले देशको सार्वभौमिकता र स्वाभिमानलाई बन्दकी राखेर एमसीसी पास गर्न खोजेको भन्दै विरोध स्वरुप पुत्ला जलाइएको अखिल (क्रान्तिकारी) नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिए ।

शेर बहादुर देउवा र प्रचण्डले एमसीसी पास गर्छौ भनि एमसिए कम्पनीलाई पठाएको पत्रका विरुद्धमा देउवा र प्रचण्डको पुत्ला दहन साथै एमसीसी सम्झौता पत्र जलाएकाे सापकोटाले बताए ।

यसैगरी अखिल (क्रान्तिकारी) तनहुँले दमौलीमा  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  पुत्ला दहनसहित MCC सम्झौता जलाएका छन् ।

राष्ट्रघाती MCC सम्झौता पास गर्ने प्रतिबद्धताका लागि गरिएको पत्राचारका सार्वजनिक भएपछि क्रान्तिकारीले त्यसको विरोध गर्दै MCC सम्झौता र प्रचण्ड, देउवाको पुत्ला जलाएको अखिल (क्रान्तिकारी) तनहुँ  जिल्ला समितिका  अध्यक्ष पदम विश्वकर्माले  जानकारी दिएका छन्  ।

यस्तै अखिल (क्रान्तिकारी) गोरखाले गोरखा बजारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहनसहित MCC सम्झौता जलाएका छन् । राष्ट्रघाती MCC सम्झौता पास गर्ने प्रतिबद्धताका लागि गरिएको पत्राचारका सार्वजनिक भएपछि क्रान्तिकारीले त्यसको विरोध गर्दै MCC सम्झौता र प्रचण्ड, देउवाको पुत्ला जलाएको अखिल (क्रान्तिकारी) गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :