नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवसहरुको आयोजनामा ‘पेट्रोलियम पदार्थमा भैरहेको मृल्यवृद्धि, समस्या र निकास’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम भोलि देशव्यापी हुने भएको छ ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध देशभर चरणबद्ध आन्दोलनको कार्यक्रम गर्दै आएको नेकपाका जनवर्गीय संगठनर मोर्चाले भोलि अन्तरक्रिया गर्ने भएको छ । सोही कार्यक्रम अन्तरगत काठमाडौँको बागबजारस्थित पदमकन्या कलेजको सभाकक्षमा भोलि माघ २५ गते दिउँसो १२ बजे ‘पेट्रोलियम पदार्थमा भैरहेको मृल्यवृद्धि, समस्या र निकास’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गर्ने संयुक्त जवस केन्द्रीय संयोजन समितिका संयोजक चिरण पुन मिलनले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा वक्ताहरु अर्थ राजनीतिक विश्लेषक हरी रोका, पूर्व मुख्य सचिव तथा राजदुत लिलामणी पौडेल,
वरिष्ठ अभिवक्ता तथा जनअधिकार अभियान, नेपालका
अध्यक्ष एकराज भण्डारी, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया, नेपाल पत्रकार महासंघका महासचिव रोषण पुरी, इतिहासविद् प्रा। डा। सुरेन्द्र केसी, नेपाल आयल निगमका नि। केन्द्रीय कार्यालय निर्देशक सुशिल भटराई लगायतको सहभागिता रहने बताइएको छ ।