पेट्रोलियम पदार्थको मुल्यवृद्धिका विरुद्ध नेकपा जवसद्वारा देशभर एक घण्टा चक्काजाम

पेट्रोलियम पदार्थको मुल्यवृद्धिका विरुद्ध नेकपा जवसद्वारा देशभर एक घण्टा चक्काजाम

पदार्थको मुल्यवृद्धिका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन तथा मोर्चाहरुले आइतबार देशभर एक घण्टा चक्काजाम कार्यक्रम गरेका छन् । पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध देशव्यापी चरणबद्ध संघर्ष गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीका जनवर्गीय संगठनहरूले आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरेका हुन् । नेकपाको जवस मोर्चाले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्ध रुपन्देहीको सैनामैना, रामापुर कलोनीचोकमा एकघण्टा चक्काजाम गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कलोनी बजारमा गरेको चक्काजामको क्रममा यातायातका सम्पूर्ण साधनहरु बन्द भएको थियो ।
नेकपा जिल्ला सेक्रेटरी विश्वासलगायत जवस मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको चक्काजाममा इन्धनमा गरिएको मूल्यवृद्धि विरुद्ध नाराबाजी गर्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्नु माग गरेका थिए ।
चक्काजामपछिको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका महासचिव नवीन थारुले राज्यले जनताको ढाड सेक्ने गरी इन्धनमा मूल्यवृद्धि गरेको भन्दै त्यो तत्काल फिर्ता गर्नुपर्ने बताए । मूल्यवृद्धिले जनताको जीवनमा नकरात्मक प्रभाव पारेको भन्दै महासचिव थारुले मूल्यवृद्धिले चौतर्फी असर पारेको बताए । उनले देश तस्करी, माफिया र भ्रष्टाचारीहरुको हातमा भएको भन्दै यसका विरुद्ध संघर्षको विकल्प नभएको बताउनुभयो । देउवा सरकार जनताको पक्षमा नभएको भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताए ।
चक्काजाम कार्यक्रममा जवस मोर्चाहरु युवा संगठन नेपाल, अखिल (क्रान्तिकारी), अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, श्रमिक समुदाय मोर्चा नेपाल, मगर मुक्ति मोर्चा नेपाललगायत संगठनको सहभागिता रहेको थियो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयुक्त जवसरमोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिका विरुद्ध एक घण्टा चक्काजाम गरेको छ । आइतबार पोखरा महानगरपालिकास्थित औद्योगिक क्षेत्र स्थित पृथ्वी राजमार्गमा बिहान १० बजेबाट ११ बजेसम्म एक घण्टा सवारीसाधन रोकेर नेकपाले चक्काजाम गरेको हो । चक्काजाम हुँदा पृथ्वी राजमार्गमा हिड्ने सवारीसाधनहरु एक घण्टा रोकिएका थिए ।

यसैगरी पेट्रोलियम पदार्थको मुल्यबृद्धिको फिर्ताको मागसहित नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवसरमोर्चाको आयोजनामा दाङमा १ घण्टा चक्काजाम कार्यक्रम सम्पन्न भएको छ ।

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत आइतबार दाङको घोराहीस्थित तुलसीपुर चोक, भालुबाङ  र तुलसीपुरको बिरेन्द्र चोकमा बिहान १० बजेदेखी ११ बजेसम्म १ घण्टा चक्काजाम गरिएको नेकपा निकट संयुक्त जवसरमोर्चाले जनाएका छन् ।

यसअघि नेकपा निकट जवसरमोर्चाले दाङ लगायत देशव्यापी कोणसभा,नेपाल आयल निगमका कार्यालय र डिपोहरु घेराउ गर्नुका साथै हिजो देशव्यापी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

मुल्यबृद्धिको विरुद्ध आज नेकपा निकटका संयुक्त जवसरमोर्चाले देशव्यापी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् भने माघ २६ गते देशव्यापी जनप्रदर्शन गर्ने जनाएका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी जिल्ला कञ्चनपुरका संयुक्त जनवर्गीय संगठनहरुले सरकारले बढाएको अनुचित मूल्य वृद्धि खारेजीको माग राख्दै जिल्लाको मुख्य बजार क्षेत्र महेन्द्रनगर पूर्व ( पश्चिम राजमार्गमा एक घण्टा चक्का जाम गरेको छ । नेपाल सरकारले महिनै पिच्छे जनताको जनजीविका प्रभावित हुने गरी गरिएको मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै सांकेतिक विरोध प्रदर्शन गरेको नेकपाले बताएको छ ।

उक्त विरोध प्रदर्शन कार्यक्रम समापनका क्रममा कोण सभालाई सम्वोधन गर्दै नेकपा भातृ संगठन अखिल ९क्रान्तिकारी० सुदुरपश्चिम प्रदेश समिति इन्चार्ज प्रकाश जप्रेलले अनुत्तरदायी ढंगले जनताका जनजीवन, भावना र आकांक्षालाई कुठाराघात हुने बदनियतपूर्ण तरिकाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गरिनुपर्ने बताए । सो मूल्यवृद्धि गर्ने निर्णय तत्काल खारेज नगरे हाम्रो पार्टी निर्मम संघर्षमा उत्रने उनी बताउँछन् । नेता जप्रेलले भने देशको राष्ट्रियता, स्वाभिमान र जनताको हक अधिकारका निम्ति पार्टी जुनसुकै बेला राष्ट्र र जनताको हितमा बलिदान गर्न तयार रहेको छ ।

यसरी देशैभरी नेकपा जपसले चरणबद्ध रूपमा मूल्यवृद्धि विरुद्ध आफ्ना संघर्षका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

नेकपा निकट जवस मोर्चाले हेटौंडामा पनि चक्काजाम गरेको छ । पछिल्लो समयमा सरकारले जनताको माग विपरीत पेट्रोलयम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध आइतबार विभिन्न जनवर्गीय संगठन मकवानपुरले संयुक्त रुपमा चक्काजाम गरेको हो ।

हेटौँडास्थित पूर्वपश्चिम राजमार्गको सडक खण्डमा चक्काजाम गरिएको हो । चक्काजामको समयमा विभिन्न सवारी साधनमा यात्रा गरिरहेका सम्पूर्ण यात्रुहरुले समर्थन जनाएका थिए । कार्यक्रममा बोल्दै अखिल ९क्रान्तिकारी० का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विवेक घलानले जनताको स्तरबाट पटक पटक खबरदारी सहितको मूल्य वृद्धि खारेजीको माग गर्दा पनि सरकारले टेरपुच्छर नलगाएकोप्रति आक्रोश व्यक्त गरेका छन् । पेट्रोलियम पदार्थमा पटकपटक गरिएको मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन तथा चक्काजाम कार्यक्रम एउटा सांकेतिक कार्यक्रम मात्रै भएको बताउँदै तत्काल जनताका माग अनुसार मूल्यवृद्धि खारेज नगरे कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

यसरी जनवर्गीय संगठन मकवानपुरका नेता कार्यकर्ता तथा जनताको सहभागितामा भएको चक्काजाम कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका केन्द्रिय सदस्य मकवानपुरका जिल्ला अध्यक्ष किरण अर्यालले गरेका थिए।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी जिल्ला उदयपुरको संयुक्त जनवर्गीय संगठनहरुले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि खारेजीको माग राख्दै जिल्लाको पूर्व पश्चिम मदन भण्डारी राजमार्ग अन्तर्गत त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलाका नगरपालिकाको मुख्य बजार क्षेत्रमा एक घण्टा चक्का जाम गरेको छ । नेपाल सरकारले जनताको दैनिक जीवनमा प्रभावित  हुने गरी गरिएको पटक पटकको मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

उक्त विरोध प्रदर्शन कार्यक्रममा नेकपाका जवस मोर्चाका नेताकार्यकर्ताहरुलाई प्रहरी प्रशासनले रोक्न खोजेपनि त्यसलाई प्रतिकार गर्दै मुल्यवृद्धि विरुद्ध नाराबाजि गर्दै आइतबार १० बजे देखि ११ बजेसम्म सबै सवारी साधनहरु रोकेर ठप्प पारी कार्यक्रम समापन गरेको छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट जवस मोर्चाहरुले रुकुम पश्चिममा पनि १ घण्टा चक्काजाम कार्यक्रम गरेका छन् ।

जिल्लाको सदरमुकाम खलंगामा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म उक्त क्रार्यक्रम गरिएको हो ।   पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महंगी विरुद्ध केन्द्रीय कार्यक्रम अनुसार रुकुम पश्चिममा पनि उक्त कार्यक्रम गरिएको हो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी सल्यानले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिका विरुद्ध एक घण्टा चक्काजाम गरेको छ ।

जनताको आधारभुत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राति १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु। ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु। १४२ र मट्टीतेलको प्रतिलिटर रु। १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु। १० बढाएको छ ।

उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

यहीँ क्रममा मधेश प्रदेशको जनकपुरमा पनि पेट्रोलियम पदार्थ मुल्यवृद्धि विरुद्ध नेकपाको जवसले एक घण्टा चक्काजाम सम्पन्न गरेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरको पिडारी चौकमा नेपाल कम्यूनिष्ट पार्टीका भातु संगठन जवसरमोर्चाले संयुक्त केन्द्रिय कार्यक्रम अनुसार पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्ध विरोध कार्यक्रम अन्तर्गत १० बजे देखि ११ बजेसम्म चककाजाममा स्थानीयहरुको उल्लेखिय जनसहभागिता र समर्थन रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :