होला त फेरि मिलाप ?

काठमाडौं : नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहका बीचमा केही महिना यता बाक्लो भेटघाट हुँदै आएको छ । उनीहरूले घोषित–अघोषित रूपमा कार्यगत एकता पनि गर्दै आएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविका विषयमा उनीहरूले साझा धारणा पनि बनाउँदै आएका छन् । भेटघाट हुँदा उनीहरूका बीचमा कम्युनिस्ट क्रान्तिकारीहरूका बीचमा एकता एवम् ध्रुवीकरणका विषयमा नीतिगत छलफल हुने गरेका छन् । पहिलो र दोस्रो निर्वाचनपछि वैद्य र विप्लवको भेटघाट बाक्लिएको र त्यसैलाई आधार मानेर विभिन्न सञ्चारमा विप्लव–वैद्य पार्टी एकताको चर्चा भैरहेको स्रोतको दाबी छ । नेकपाका महासचिव विप्लवले मोहन वैद्य ‘किरण’ सँग भेटघाटको समयमा पार्टी एकतासम्बन्धी सामान्य छलफल भएको बताउनुभएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले भने त्यससम्बन्धी धारणा सार्वजनिक नगरे पनि निर्वाचनलगत्तै बसेको केन्द्रीय समिति बैठकले ६ बुँदे एकता प्रस्ताव पारित गरेको छ ।

२०७४ भदौ १३ गते ११ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :