चितवनमा निःशुल्क डायलासिस सेवा

काठमाडौंः चितवन भरतपुरस्थित सरकारको पूर्ण लगानी रहेको भरतपुर अस्पतालले आइतबारदेखि मृगौला रोगीहरुको निःशुल्क डायलासिस सेवा शुरु गरेको छ । एकै पटक १२ जनासम्मलाई उपचार गर्न सकिने गरी १२ शैयाको सेवा शुरु गरिएको छ । धादिङ, सल्यानटारकी धनकुमारी थपलिया (६२ वर्ष) को उद्घाटन उपचारसहित सेवा शुरु भएको भरतपुर अस्पतालकी एकजना कर्मचारी विष्णुमाया पौडेलले बताइन् । निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गर्न बाध्य विपन्न वर्गले यो सेवाबाट राहत महसुस गर्नेछन् ।

२०७४ भदौ १२ गते ५ः४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :