भ्रष्टाचारीको पक्षमा काँग्रेस सांसद

काठमाडौंः अन्तरिम संविधान २०७३ र त्यसपछिका पटक–पटकका संशोधनमा भ्रष्टाचारमा एकपटक कारवाहीमा परेको व्यक्तिले चुनाव लड्न नपाउने व्यवस्था थियो । अहिले जारी संविधानमा पनि सो व्यवस्था यथावत छ । नेपाली काँग्रेसका १९ जना सांसदहरुले संशोधन प्रश्ताव सदनमा पेश गरेका छन् । भ्रष्टाचार, बलात्कार, मानव तस्करी, अवैध सम्पत्ति आर्जन, लागु औषध तस्करी, राहदानी दुरुपयोगमा २० वर्षभन्दा बढी सजाय भएकालाई चुनाव लड्न अयोग्य हुनेगरी प्रस्ताव पेश गरिएको छ । जसअनुसार खुमबहादुर खड्कासहित भ्रष्टाचारमा सजाय भोगेका ५ जना काँग्रेसी मन्त्रीहरुलाई चुनाव लड्ने बाटो खुल्नेछ ।

२०७४ भदौ १२ गते ४ः०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :