चितवनमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर एकाई कमिटी गठन

चितवनमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर एकाई कमिटी गठन

मजदुर जागरण अभियान अन्तगत चितवनको भरतपुर ९ गोद्वराङ कोकाकलामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको घटक अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सघं प्यालेटाइज ट्रक मजदुर एकाई कमिटी गठन गरिएको छ ।

गिरीराजको नेतृत्वमा २३ सदस्यीय कमिटी गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मजदुर फ्याक्सन इन्चार्ज ध्रुव, अतिथि हुकुम रहेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला संयोजक ओम लामिछानेले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुवले विघटित अवस्थामा रहेको मजदुरहरुलाई मजदुर जागरण अभियानले संगठित गर्दै मजदुर अधिकारका निम्ति लड्दै वैज्ञानिक समाजवादको आन्दोलनमा मजदुर महत्त्वपूर्ण भूमिका हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :