एमसीसी विरुद्ध रोल्पा लिबाङमा नेकपाले गर्यो विरोध प्रदर्शन

एमसीसी विरुद्ध रोल्पा लिबाङमा नेकपाले गर्यो विरोध प्रदर्शन

रोल्पाको सदरमुकाम लिबाङमा मंगलबार एमसीसी विरुद्ध विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

एमसीसी विरुद्ध नारा जुलुशसहित बजार क्षेत्रमा र्याली भएको थियो । विरोध र्याली लगत्तै विरोध सभा भएको थियो । विरोध कार्यक्रमलाई रोल्पाका जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द मानव र विशेष कमिटी सदस्य सन्तोष सुबेदी प्रयासले सम्बोधन गरेका थिए ।

एमसीसीले नेपालीहरुको राष्ट्रिय स्वाभिमान माथी धावा बोलेको बताउदै सन्तोष सुबेदीले देशी तथा विदेशी दलालहरुको विरुद्ध तरबार र भालाहरु उठानु पर्ने बताए । उनले भने, तरबार तरबारमा सान लगाउँ, भालाहरु तिखारौँ र एमसीसीलाई लखेट्न तयार हौँ ।

जिल्ला सेक्रेटरी चन्दले एमसीसी देशमा भित्रिएको खण्डमा राष्ट्रिय मुक्तिको लडाई हुने दावी गरे । राष्ट्र र राष्ट्रियता संकटमा पर्दा स्वाभिमानी नेपाली जनता टुलुटुलु हेरेर नबस्ने बताए । उनले भने, नेपाली जनता बहादुर हुन्, साहासी र महान छन्, एमसीसी भित्रिए राष्ट्रिय मुक्तिको लडाई लड्ने छन् ।

देउवा सरकारले एमसीसी योजना पास गर्न लागेको भन्दै उक्त योजनालाई विफल पार्न ६ कम्युनिष्ट पार्टीले देशभर संयुक्त आन्दोलनमा जुटेका छन् । काठमाडौँ लगायत देशभर मंगलबार विरोध प्रदर्शन र सभा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :