नेकपा ललितपुर महानगर र गोदावरी नगर समितिको बैठक सम्पन्न

नेकपा ललितपुर महानगर र गोदावरी नगर समितिको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला अन्तर्गत ललितपुर महानगर र गोदावरी नगर समितिको बैठकहरु सम्पन्न भएका छन् । यही क्रममा आइतबार नेपाल कम्युनिस्ट पार्टी ललितपुर गोदावरी नगर समितिको बैठक सम्पन्न भएको छ । गोदावरी नगर समितिको सेक्रेटरी उज्ज्वलको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला सेक्रेटरी रमेश डङ्गोल विशालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा विशेष अतिथि तथा विशेष जिल्ला सेक्रेटरी दिलको पनि उपस्थिति थियो । त्यस्तै बैठकमा ललितपुर जिल्ला पार्टी सदस्य एवम् गोदावरी नगर पालिका इन्चार्ज भरत रावल र ललितपुर जिल्ला पार्टी सदस्य एवम् अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला उपाध्यक्ष मान बहादुर तिरुवाको पनि उपस्थित थियो । बैठकमा बोल्दै प्रमुख अतिथि विशालले पार्टीको आगामी नीति र योजना प्रस्तुत गर्दै तीन बुँदे सहमतिको भ्रम चिरफार गर्नुका साथै जनमत सङ्ग्रहको माहोल सिर्जना गर्न निर्देशन दिए । त्यसैगरी मंसिर ८ गते पार्टी पुर्नगठन दिवश भव्य रुपमा सफल पार्न आग्रह गरेका छन् ।

उक्त बैठकले १५ सदस्यीय गोदावरी नगर समिति चयन गरेको छ । मङ्सिर महिना भित्र नगर अधिवेशनको सम्पूर्ण तयारी सम्पन्न गर्ने र पौष महिनामा महानगर अधिवेशन भव्य रुपमा गर्ने निर्णय उक्त बैठक गरेको छ ।

यसैगरी शनिबार नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर समितिको बैठक सम्पन्न भएको छ । ललितपुर महानगर समितिको सेक्रेटरी महेश बर्जचार्यको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला सेक्रेटरी रमेश डङ्गोल विशालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

पार्टीको आगामी नीति र योजना प्रस्तुत भएको बैठकले मंसिर ८ गते पार्टी पुर्नगठन दिवश भव्य रुपमा मनाउने निर्णय गरेको छ । उक्त बैठकले १५ सदस्यीय महानगर समिति चयन गरेक छ । त्यसैगरी बैठकले मङ्सिर महिनाभित्र महानगर अधिवेशनको सम्पूर्ण तयारी गर्ने र पौष महिनामा महानगरको अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :