युवा संगठन नेपाल पाल्पाले संगठनका जिल्ला सदस्य तानसेन नगरपालिका वडा नं. १० धर्केस निवासी विजय नेपालीकी ममतामयी आमा उजेली नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
संगठनका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष लिला सारुले मंगलबार एक शोक वक्तव्य जारी गर्दै नेपालीको निधनले सिंगो संगठनलाई दुखित बनाएको बताएका छन् ।
शोकको यस दुखद घडीमा विजय नेपाली र शोकसन्तप्त परिवार र आफन्तजनहरुमा गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।
४८ बर्षीय आमा उजेलीको उपचारको क्रममा कार्तिक २१ गते दुखद निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्