महासङ्घद्वारा काठमाडौँमा शोकसभा सम्पन्न

महासङ्घद्वारा काठमाडौँमा शोकसभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले बुधबार पार्टीका दिवंगत नेता वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका केन्द्रीय सदश्य चन्द्रबहादुर चन्द वीरजङ्गको गत असोज २८ गते निधन भएको थियो । पार्टीको पुर्व घोषित कार्यक्रम अनूरुप दिवंगत नेता वीरजङ्गप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली दिन आज देशैभर पार्टी कमिटीहरूले समेत शोकशभा आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासङ्घका अध्यक्ष विनोद थापाले क्रान्तिकारी योद्धा एवम् कुशल आदर्श नेता वीरजङ्गले देखेको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष शिशिर थापामगर र कोषाध्यक्ष इश्वर बुढाथोकी समेतको आतिथ्यता रहेको थियो भने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको उपत्यकामा उपलव्ध केन्द्रीय सदस्य तथा पेशागत घटक सङ्घका पदाधिकारीहरू सहभागी रहेका थिए । नेपाल कम्युनिस्ट पार्टीमाथि गैरन्यायिक रुपमा राज्यले लगाएको कथित प्रतिबन्धको तात्कालिन समयमा नेतामाथि राज्यले पटकपटक धरपकड र गिरफ्तारीको हर्कतमार्फत नियन्त्रणमा लिएको र उहाँको स्वास्थ्य अवस्था निकै कमजोर भैसक्दा पनि सम्मान पूर्वक रिहा गरेको थिएन । पछिल्लो चरणमा तीनबुँदे सहमति पश्चात् रिहा भएका नेता वीरजङ्गको उपचार भारतको म्याक्स अस्पतालमा भइरहेको थियो ।

दिवंगत नेताको निधनबाट सिङ्गो पार्टी र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको प्रशङ्ग स्मरण गर्दै, कार्यक्रममा उहाँप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :