सदनमै अमेरिका विरोधी नारा

काठमाडौं / भदौ ३ : इरानी सांसदहरुले आइतबार संसदभित्रै अमेरिका विरोधी नारा लगाएका छन् । अमेरिकाले इरानको विरुद्द नयाँ नाकाबन्दी लगाएको विषयमा सदनमा छलफल चल्दै गर्दा सांसदहरुले ‘अमेरिकाको नास होस्’ लगायतका नारा लगाएका थिए । इरानी संसदले आणविक क्षेप्यास्त्र र सेनाकोे लागि ५० करोड डलर बजेट विनियोजित गरेको इर्नाले जनाएको छ । पछिल्ला दिनमा इरान अमेरिकाको विरुद्द आक्रामक भैरहेको चर्चा चलिरहेको बेला यी समाचारहरु सार्वजनिक भएका छन् । २ सय ४४ सदस्यीय संसदमा २ सय ४० सांसदले अमेरिका विरोधी नारा लगाएका र ४ जना अनुपस्थित रहेको बताइएको छ । डोनाल्ड ट्रम्पकोे उदयपछि अमेरिका र इरानको सम्बन्धमा थप कटुता पैदा भएको छ । सन् २०१५ को सम्झौता विरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएको भन्दै इरानले आणविक क्षेप्यास्त्र कार्यक्रम जारी राख्ने बताएको छ । सन् १९८० देखि अमेरिका र इरानका बीच कुटनीतिक सम्बन्ध विच्छेद भएको छ । इरानी अधिकारीहरुले अमेरिकी कारवाहीको प्रतिवाद गर्ने घोषणा गरेका छन् ।

 

२०७४ भदौ ३ गते ९ : ०१ मा प्रककाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :