सर्पदंशको खतरा बढ्यो

काठमाडौं / भदौ ३ : तराई र भित्री मधेसमा वर्षेनी सर्पदंशका कारण दर्जानौंको ज्यान जाने गरेको छ । यसवर्ष तराईमा आएको भीषण बाढी र कटानले सर्पको प्राकृतिक बासस्थान नष्ट भएको छ । सर्प र अजिङ्गरका बासस्थानहरु प्वाल, टोड्का, र गुफाहरुमा पानी पसेको छ । बासस्थानबाट बाहिर निस्केका ती जलचर तथा उभयचरहरु बगेर यत्रतत्र छरिएका छन् । उनीहरु आत्तिएको, रिसाएको वा असहज अवस्थामा रहेका कारण आक्रामक मनस्थितिमा हुन्छन् । जसका कारण सतर्कता अपनाउन आवश्यक छ । नेपालमा हालसम्म ८० वटा मात्र सर्पदंश केन्द्र छन् । यो निकै अपर्याप्त संख्या हो । तराईमा सर्पदंशका घटनाहरु बढ्न थालेको खबर छ ।

सर्पदंशबाट बच्नका लागि गोडा तलसम्म हुने लुगा, जुत्ता, सम्भव भए लामो जुत्ता (बुट) लगाउने, राती बत्ति बालेर हिड्ने, भुईंमा सकभर नसुत्ने, झुल राम्ररी च्याप्ने, बोतल वा जाली भाँडो राम्ररी हेरेर मात्र चलाउने, घरको झ्याल तथा ढोका खुला नराख्ने गर्नुपर्छ । सरकारले सर्पदंश केन्द्रमा आवश्यक जनशक्ति र औषधीको आपूर्ति समयमै गर्न आवश्यक छ ।

२०७४ भदौ ३ गते ६ ५२ मा प्रककाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :