तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै दोलखामा धर्ना कार्यक्रम सम्पन्न

तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै दोलखामा धर्ना कार्यक्रम सम्पन्न

तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै दोलखा जिल्ला प्रशासन अगाडि नेपाल कम्युनिस्ट पार्टीले धर्ना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी आकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

धर्ना कार्यक्रममा तीन बुँदे सहमति कार्यन्वयन गर, झुटा मुद्दा खारेज गर र सम्पूर्ण राजबन्दी रिहाइ गर जस्ता नारा लगाइएको थियो। धर्नापछि भएको कोणसभा कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी आकाश शर्माले स्थानीय निकायले गरेको भ्रष्टाचार, बेतिथि, बेरुजु, एेनसेलले नतिरेको कर लगायतको विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु सोम, उजिर, भरत, विशाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन राजकुमार लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :