तीन बुँदे सहमति कार्यन्वनको लागि दबाब सिर्जना गर्न उदयपुरमा धर्ना कार्यक्रम सम्पन्न

तीन बुँदे सहमति कार्यन्वनको लागि दबाब सिर्जना गर्न उदयपुरमा धर्ना कार्यक्रम सम्पन्न

नेकपा उदयपुरले जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । तीन बुँदे सहमति कार्यन्वनको लागि दबाब सिर्जना गर्न आज देशैभरी पार्टीको केन्द्रिय नीति अनुरुप ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यलय घेराउ तथा धर्ना कार्यक्रम गरेको छ । उक्त कार्यक्रम अनुरुप उदयपुर जिल्लाले पनि धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।
धर्नापछि भएको कोणसभा कार्यक्रममा नेकपा इन्चार्ज विवेक कुमालले कार्यक्रमलाई सम्बोधन गर्दै सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गरि आस्थाका बन्दीहरुलाई रिहाई गर्न र झुटा मुद्दाहरु तुरुन्तै खारेज गर्न अनुरोध गरे । यदि सरकारले आफूहरुको मागलाई बेवास्ता गरे चेतावनीमूलक कार्यक्रमको शुरूवात गर्ने उल्लेख गरे । देशमा भ्रष्टाचार, बलात्कार, छुवाछूत जस्ता अपराधी सामाजिक कार्य बढिरहेको भन्दै यस्ता अपराधीक कार्यलाई रोक्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :