लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन नेपाल दाङ जिल्ला समितिको आयोजनामा जिल्ला सदरमुकाम घोराहीमा सचेतना कार्यक्रमसहित कोणसभा सम्पन्न गरिएको छ ।
कोणसभालाई सम्बोधन गर्दै प्रमुख वक्ता तथा नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य विकासले लागुऔषध सेवनले युवाहरुलाई तहसनहस बनाउदै लगेको बताए । उनले सचेत युवाहरुलाई चरम नशामा डुबाएर दलाल पुजीपतीहरुले युवाहरुको सचेत क्रान्तिकारी पहलकदमीलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको उद्घोष गरे । नेता विकासले आफ्नो पार्टीले लागुऔषध कारोबार गर्ने जो कोहीलाई प्रमाणसहित कार्वाही गर्ने चेतावनी समेत दिए ।
कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजले युवाहरुलाई लागुऔषधबाट मुक्त गर्ने अभियान संगठनले चलाउने उद्घोष गरे । नेता मनोजले युवाहरु चरम लागुऔषध सेवनबाट मुक्त नभएसम्म देश र दुनिया बुझ्ने र बदल्ने सपना साकार नहुने बताए ।उनले भने, `देश विकासको मेरुदण्ड सचेत युवापंक्ती चुर्लुम्म नशामा डुबेको देख्दा पनि राज्य जिम्मेवार बन्न सकिरहेको छैन ।` कोणसभा कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङका सचिव सुदर्शनले गरेका थिए ।