युवा संगठन नेपाल सर्लाहीले लागुऔषध, विकृति विसंगतिविरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । विरोध कार्यक्रममा युवा संगठन नेपालका निर्वातमान केन्द्रिय उपाध्यक्ष दिनेश, जिल्ला सेक्रेटरी कमल सुस्लिङ, युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगर, तामाङ मुक्ति मोर्चा सिन्धुली जिल्ला संयोजक लवाङ सिंह, युवा संगठन नेपाल सर्लाही जिल्ला सदस्य तारा लामाको उपस्थिति रहेको थियो ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै दिनेशले सम्पूर्ण युवाहरुको भविष्य बिगार्ने लागू औषध विरुद्ध सबै नागरिक लाग्नु पर्ने बताए । सुकुम्बासी नगरिक लगायत सम्पूर्ण नागरिक जनताको अवाज उठाउने पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको समेत बताए ।
नेता दिनेशले भ्रष्टाचारी, दलाली, देशद्रोहीहरुकै मिलीमतोमा कुमार पौडेलको हत्या भएको समेत बताए ।
विचारमानले अहिलेको युवाहरूलाई संसदिय व्यवस्थाको चुनावले लागुऔषध, मादक पदार्थ खुवाएर आफ्नो चुनावको प्रचारमा लगाएको आरोप लगाए । त्यसैले अबको युवा दलाली, भ्रष्टाचारी र युवाहरुको भविष्य बिगार्ने संसदीय चुनावमा नजान अपिल समेत गरे । जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवादी जनताको व्यवस्था ल्याउने अभियानमा साथ दिन पनि अपिल गरे ।