जनपत्रकार संगठन कर्णाली प्रदेशको सम्मेलन सम्पन्न, अध्यक्षमा वसन्त निर्वाचित

जनपत्रकार संगठन कर्णाली प्रदेशको सम्मेलन सम्पन्न, अध्यक्षमा वसन्त निर्वाचित

सुर्खेत: जनपत्रकार संगठन नेपाल भेरी कर्णाली समन्वय समितिको प्रदेश स्तरिय प्रथम सम्मेलन शनिवार सुर्खेतको वीरेन्द्रनगरमा भव्य रुपमा सम्पन्न भएको छ ।
“मानवअधिकारको रक्षा,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, समृद्धि र परिवर्तनका पक्षमा जनपत्रकारिता” भन्ने मूल नाराका साथ जनपत्रकार संगठन भेरी कर्णाली समन्वय समितिको प्रथम सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले वसन्त विकको अध्यक्षतामा ५ सदस्य पछि थप्ने गरि २३ सदस्यीय भेरी कर्णालीको प्रदेश समिति निर्वाचित गरेको छ । जसमा संगठनको उपाध्यक्षमा योगराज विक, कर्ण विश्वकर्मा, सचिव खकेन्द्र केसी,सहसचिव प्रेम व. विक,जनसरा ऐडी, कोषाध्यक्ष सिद्ध खड्का निर्वाचित भएका छन ।

त्यस्तै सम्मेलनले उपेन्द्र रावल, बिरेन्द्र डिसी, रमेश प्याकुरेल, जीवन विक, गमानसिंह घर्ती, अशोक शाही, रण बहादुर विष्ट (हिमाञ्चल), खड्क विक, देउरुपा कठायत, सुनिता परियार र विरेन्द्र शाही निर्वाचित गरेको छ ।

सम्मेलनका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एटम बिसीले सम्बोधन गर्दै जनपत्रकार संगठन जनताको पत्रकार संगठन हुनुपर्ने भन्दै एमसीसी जस्ता राष्ट्रघाती सम्झौता खारेज गर्ने पत्रकारिता गर्नु पर्ने बताए । नेता बिसीले दलाल संसदीय व्यवस्थाले राष्ट्रघाती सम्झौता एमसीसी पारित गर्न खोजेर देशलाई बन्धक बनाउन खोजेको भन्दै यसको पत्रकार, समाजसेवी देशभक्त, क्रान्तिकारी शक्ति सवैलेले भण्डाफोर गर्नु पर्ने बताए । एमसीसी विकास नभएर नेपाली जनताको लागि विसादी भएको उनले धारणा राखे । नेता बिसीले जनताको वैज्ञानिक समाजवाद ल्याउन सबै जनताका पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण हुने बताउदै जनताको लागि परिवर्तनको समाचार लेख्न पत्रकारहरुलाई सुझाव दिए ।

सम्मेलनमा जनपत्रकार संगठनका केन्द्रीय संयोजक तथा विशेष अतिथि शेर वहादुर विकले पत्रकारिता पनि वर्गीय हुने भएकाले जनपत्रकार संगठनले जनताको पक्षमा कलम चलाउन आवश्यक भएको बताए ।

नेकपा सुर्खेतका जिल्ला सचिव तथा विशेष अतिथि धुव्रले कुनै पनि कसर वाँकी नराखि जनताको वास्तविक सूचना बाहिर ल्याउन पत्रकारहरुलाई सुझाव दिए ।
सम्मेलनमा पत्रकार धर्मेन्द्र शाही, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य शान्ति विक, शहिद परिवारका केन्द्रीय कोषाध्यक्ष योजना, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम शाही, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हरि महतरा लगायतका अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिदै जनपत्रकार संगठनले परिवर्तनको पक्षमा कलम चलाउने आशा व्यक्त गर्दै फेरि पनि जनताको परिवर्तनमा लाग्न सुझाव दिएका थिए ।

सम्मेलनमा भेरी कर्णालीका १२ जिल्लाका प्रतिनिधि एव पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । सम्मेलनबाट निर्वाचित प्रदेश कार्यसमितिलाई संगठनका केन्द्रीय संयोजक शेर वहादुर विकले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।

सम्मेलनको अन्त्यमा नवनिर्वाचित अध्यक्ष वसन्त विकले प्रतिवद्धता मन्तव्य राख्दै सवैको सहयोगमा परिवर्तनको पक्षमा कलम चलाउनेमा आफ्नो टिम प्रतिवद्ध हुने बताए । राष्ट्रिय स्वाधीनता, समृद्धि परिवर्तका साथै पत्रकारको हकहित र अधिकारको पक्षमा पनि नवनिर्वाचित टिमले कलम चलाउने प्रतिवद्धता व्यक्त गरे । सम्मेलन उद्घाटनको अध्यक्षता जनपत्रकार संगठन नेपालका भेरी कर्णाली पूर्व संयोजक जगदिशनाथ योगीले गरेका थिए भने संचालन कर्ण विकले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :