युवा संगठन नेपाल, काभ्रेको बैठक सम्पन्न

युवा संगठन नेपाल, काभ्रेको बैठक सम्पन्न

बनेपा: युवा संगठन नेपाल, प्रथम जिल्ला सम्मेलन आयोजक कमिटी काभ्रेको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारको उपस्थित भएको थियो । चौंथो रास्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य दिनेश र पार्टीका जिल्ला सचिव प्रतापको पनि बैठकमा अतिथ्यता रहेको थियो ।

बैठकमा बोल्दै प्रमुख अतिथि आधारले अहिले संसदिय व्यवस्था चरम संकटमा फस्दै गएकोले आजको अपरिहार्य आवश्यकता वैज्ञानिक समाजवाद भएको बताए । त्यसका लागि जनताले व्यवस्था चुन्न पाउने जनमत सङ्ग्रह गर्नुपर्नेमा जोड दिए । वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुले गाउँ, नगरहरुमा संगठन विस्तारमा लाग्नु पर्ने बताए ।

बैठकमा अर्का अतिथि युवा संगठन नेपाल, निवर्तमन केन्द्रिय उपाध्यक्ष दिनेशले रास्ट्रिय स्वाधीनताको रक्षा र युवाहरुको वैज्ञानिक व्यवस्थापन दलाल संसरदिय व्यवस्थाले गर्न नसक्ने भन्दै त्यसका लागि युवाहरुले एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवाद स्थापनाका लागि गाउँ, नगरहरुमा युवाहरु संगठनमा आवद्ध र संगठित गर्नु पर्ने बताए।

बैठकको अध्यक्षता तथा संचालन जिल्ला संयोजक हिम चुलीले गरेका थिए । बैठकले १३ ओटै नगर तथा गाउँपालिकाका भेला र सम्मेलन भदौ भित्र गरिसक्ने निर्णय गरेको छ । सदस्यता बितरणलाई पनि तीब्रता दिने र प्रचार प्रसार, संघर्ष आदि सम्बन्धी महत्त्वपूर्ण निर्णय गर्दै बैठक बनेपामा शुक्रबार सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :