मकवानपुरमा सञ्चालित ७ दिने संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

मकवानपुरमा सञ्चालित ७ दिने संयुक्त जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरमा सञ्चालन भएको ७ दिने संयुक्त स्कुलिङ्ग कार्यक्रम बिहीबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा श्रावण २९ गतेदेखि पाँच जिल्लाको आयोजनामा ७ दिने संयुक्त स्कुलिङ कार्यक्रम सुरु भएको थियो । दर्शनशास्त्र, वैज्ञानिक समाजवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद र सौन्दर्यशास्त्र विषयसम्बन्धि स्कुलिङ्ग भएको थियो । ्े्

साथै विश्व कम्युनिस्ट पार्टीको नीति, उद्देश्य, औचित्यसँगै मालेमावादको गहन अध्ययन गर्नुका साथै नेपाल कम्युनिस्ट पार्टीको अस्तित्व, आवश्यकता, उद्देश्य, कार्यदिशा र कार्यभार सम्बन्धि सुक्ष्मअध्ययन भएको थियो । स्कुलिङ्गको अन्तिम दिनमा भएको समापन कार्यक्रममार्फत प्रमुख प्रशिक्षक भेषराज भुषालले सिकेका कुरालाई व्यवहारमा लागू गर्दै पार्टी कार्यकर्ता र जनतासम्म पुर्याएर कम्युनिस्टको बलियो जग खडा गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सबै प्रशिक्षार्थीहरुलाई शुभकामना समेत दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख एवम् ७ दिने स्कुलिङ्ग कार्यक्रमका प्रमुख प्रशिक्षक भेषराज भुषाल, केन्द्रिय सदस्य लाल बहादुर बिसी, केन्द्रिय सदस्य तथा बारा पर्सा जिल्ला इन्चार्ज गुणराज लोहनी, केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलिया लगायतको उपस्थितिमा भएको स्कुलिङ्ग कार्यक्रम भाद्र ३ गते बिहीबार समापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :