कैलाली कारागारका जेलरले भ्रष्टाचार गरेको भन्दै नेकपा कैलालीको ध्यानाकर्षण

कारवाही गर्ने चेतावनी

कैलाली कारागारका जेलरले भ्रष्टाचार गरेको भन्दै नेकपा कैलालीको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी कैलालीले कैलाली कारागारका जेलर महेन्द्र खड्काले भ्रष्टाचार, अनियमितता, कैदीबन्दीमाथि कुटपिट र दमन गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। कारागारको सुचना बाहिर गएको निहुँमा मरणासन्न हुनेगरि कुटपिट गरिएको र उपचार समेत नगरि ज्यान जोखिममा परेको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कैलाली र मानवअधिकारकर्मीलाई अनुरोध समेत गरेको छ।

जेलरले कैदीबन्दीको सेवासुविधाको नाममा आएको बजेटमा भ्रष्टाचार गर्ने गरेको, कारागारभित्र बत्ती, धारा,पानी ,पंखा मर्मत बन्दीबाट गराइ बिल पेस गरि आफुले खाने गरेको, कारागारभित्रै लागूऔषधको कारोबार गराउने गरेको ,इमानदार र मापदण्ड पुगेका कैदीबन्दीलाई नाइके बनाउनुको सट्टा घुस खाएर बदमास कैदीबन्दीलाई बनाउने जस्ता कार्य गरेको भन्दै अविलम्ब छानबिन गर्दै कारवाही गर्न माग गरेको छ।
जिल्ला कार्यलय सचिव प्रकाश रावलका हस्ताक्षरमा जारी विज्ञप्तिमा जेललाई सुधारगृह बनाउनुको सट्टा यातनागृह बनाउने जेलरलाई कारवाही गर्न माग गरेको र कारवाही नगरे आफुहरू कारवाही गर्न बाध्य हुने भन्दै चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :