नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला महानगर समितिको जनसेवा तथा संगठन विस्तार अभियानको उद्घाटन आइतबार भव्य रुपमा गरिएको छ ।
अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सुदर्शनले गरेका छन् । २ महिनासम्म सञ्चालन हुने अभियान उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदर्शन अन्य अतिथिहरुमा नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायण महर्जन, जनसांस्कृतिक महासंघका आरोह लगायतको उपस्थिति रहेको थियो ।
नेकपा काठमाडौँ सचिवालय सदस्य तथा काठमाडौँ महानगर समितिका इन्चार्ज अविरलको अध्यक्षतामा भएको कार्यक्रममा रोमिकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विषमले गरेका थिए । अभियानको मुख्य उदेश्य संगठन निर्माण, जनसेवा तथा जनश्रम गर्ने गरेको छ । कार्यक्रममा अभियानकाे टिम बाडफाट तथा कमाण्ड इन्चार्ज टोकिएको छ ।