कैलालीको गोदावरीमा नेकपाको वडा समिति पुनर्गठन

कैलालीको गोदावरीमा नेकपाको वडा समिति पुनर्गठन

नेपाल कम्युनिष्ट पार्टी कैलालीको गोदावरी नगर समितिले वडा समिति पुनर्गठन गरेको छ। जिल्लाको १३ औ पुर्ण बैठकबाट नयाँ नेतृत्व आएपछि संगठनलाई पुनर्गठन गर्दै वडा समिति निर्माण भइरहेका छन्। इन्चार्ज पवित्र र सेक्रेटरी साजन नेतृत्वको टोलिले संगठन निर्माण, गठन/पुनर्गठन र विस्तारमा विशेष जोड दिएको सेक्रेटरी साजनले जानकारी दिए। उनका अनुसार पछिल्लो समय पार्टीले जनताका बिचमा आफ्ना कार्यक्रमलाई लिएर गएको र जनआकर्षण बढिरहेको छ।

शुक्रबार वडा नम्बर ९ को बैठक सम्पन्न भएको छ। बैठकलाई नगर इन्चार्ज पवित्रले सम्बोधन गरेका थिए। उनले संसदीय व्यवस्थाले देशमा भ्रष्टाचार, राष्ट्रघात र बेरोजगारी बढाएको बताउँदै स्वाधीन र समृद्ध राष्ट्र निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक भएको बताए। संसदिय व्यवस्थाको फोहोरी खेल संसदमा व्यक्त भईरहेको उनले बताए। देशमा कस्तो व्यवस्था रहने भन्ने फैसला जनतालाई गर्न दिनुपर्ने आफ्नो पार्टीको भनाइ रहेको बताउँदै संसदिय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने निर्णय गर्न जनमतसंग्रह गरिनुपर्ने उनको भनाई थियो।

बैठकमा इन्चार्ज पवित्र, सेक्रेटरी साजन, रूपलाल,मिनराज ओझा लगायत अतिथिहरू रहेका थिए। बैठकले वडा नम्बर ४ मा कर्ण खनाल, ७ मा सञ्जु चौधरी र ९ मा सुष्माको नेतृत्वमा वडा समिति पुनर्गठन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :