मजदुरहरुको समस्या समाधानमा सरकार निरिह बन्यो – थापा

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासंघले कोभिड १९ महामारीको प्रत्यक्ष मारमा सबै भन्दा बढी मजदुरहरु परेको भन्दै देशभर ठूलो संख्यामा मजदुरहरुले एकैसाथ रोजगारी गुमाएको बेला सरकारको भूमिका भने निरीह भएको बताएको छ । महासंघका केन्द्रीय अध्यक्ष विनोद थापाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण मजदुरहरुको अवस्था निकै खराव भएको बताएका छन् ।

अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन् –‘पर्यटन क्षेत्र र यसमा पनि ट्रेकिङ्ग व्यावसाय ध्वस्त भएको छ । पर्यटन तथा ट्रेकिङ क्षेत्रका मजदुरहरु न काम न दामको स्थिति बनेपछि बिदेशिन बाध्य समेत बने । महामारीको प्रभावसँगै जारी भएको लकडाउन पश्चात होटल–रेष्टुराँ, पर्यटन, ट्राभल्स र र्याफ्टिङ्ग लगायतका क्षेत्रमा मजदुरहरुले सामान्य पारिश्रमिक पाउन नसकेको अवस्था छ ।’

देशको प्रमुख आर्थिक क्षेत्र पर्यटन तथा ट्रेकिङको विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुको निमित्त उचित राहत सहितको प्याकेज ल्याई स्वास्थ्य र सुरक्षामैत्री बाताबरणमा व्यावसाय संचालन गर्ने कुरा जति अपरिहार्य आवश्यकताको रहेता पनि सरकार र सम्बन्धित अन्य पक्षको तदारुकताको अभावमा मजदुरले जीवन मरणको स्थिति व्यहोर्नुपरेको छ अध्यक्ष थापाको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना प्रभावीत श्रमिकहरुकाे नाममा ल्याईएका कतिपय राहतका कार्यक्रमले वास्तविक श्रमिका समस्या समाधान गर्ने खालका नभएको कुरा विज्ञप्तिमा पनि अध्यक्ष थापाकाे विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–‘टानले श्रमिकहरुको निमित्त ल्याएको राहत कार्यक्रम श्रमिकको पीडामा मलम लगाउने नाममा विश्वशनियता, पारदर्शीता र मानवियताको तहबाट कटेर दलाल, श्रमिक हित बिरोधी सरकार र सत्ता मात्रको सेवामा समर्पित रहने र सस्तो लोकप्रियता हासिल गर्ने साधनको रुपमा सिमित नरही श्रमिकहरुको रोग र भोक दुबै समाधान गर्ने वैज्ञानिक कार्यक्रम र न्यायोचित योजना बन्न सकोस् भन्ने अपेक्षा राख्दछ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :