अखिल(क्रान्तिकारी) दाङले बुझायो ज्ञापन पत्र

अखिल(क्रान्तिकारी) दाङले बुझायो ज्ञापन पत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) जिल्ला समिति दाङले विभिन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाएको छ । जिल्ला शिक्षा समन्वय इकाई र दाङका १० स्थानीयपालिका मातहतमा रहेको शिक्षा युवा तथा खेलकुद बिभागका प्रमुखहरुलाई विविध मागहरु राखी ज्ञापनपत्र बुझाइएको अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले बताए । आईतबार बुझाईएको उक्त ज्ञापनपत्रमा कोभिड–१९ को खोप विद्यार्थी र शिक्षकलाई पहिलो प्राथमिकतामा राखी भौतिक रुपमा पठनपाठन सुरु गर्नु पर्ने, कोभिड–१९को संक्रमणबाट ज्यान गुमाउने शिक्षक विद्यार्थीहरुका घरपरिवारलाई राहतको व्यवस्था र संक्रमण भएका शिक्षक विद्यार्थीको निशुल्क उपचार गर्नु पर्ने कुरा उल्लेख छ ।

यस्तै वन्दावन्दीले जनजीवनलाई निकै प्रभाव पारेकोले शैक्षिक सत्रको सुरुमै विद्यार्थीले पाठ्यपुस्तक पाउने व्यवस्थाको पुर्ण ग्यारेन्टी गर्नु पर्ने, मनोमानी ढङ्गले अनावश्यक शिर्षकमा संस्थागत तथा सामुदायिक बिद्यालयहरुले अभिभावक विद्यार्थीको ढाड सेक्ने गरि लिएको शुल्क नियन्त्रण गरि फिर्ता गर्नु पर्ने, शिक्षक कर्मचारीलाई पारिश्रमिक नदिने विद्यालयको छानबिन गरि कारबाही गर्नु पर्ने, अनुमती नलिई संचालित र न्युनतम मापदण्ड नपुगेका निजि शैक्षिक संस्थालाई कारबाहीको दायरामा ल्याउनु पर्ने उल्लेख छ ।
यस्तै सरकारी कर्मचारी, शिक्षक तथा वहालवाला वा पुर्व संसद मन्त्री, जनप्रतिनिधि र अन्य सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी सामुदायिक विद्यालयमा पढ्नु पर्ने बाध्यात्मक व्यवस्था गरि यहि शैक्षिक सत्रबाट लागू गर्नु पर्ने, राज्यद्वारा घोषणा भएको बैकल्पिक शिक्षण पद्धति(अनलाइन सिकाई कक्षा)मा भएका बिकृतीको नियन्त्रण गरि विद्यार्थीको पहुँचमा पुर्याउन प्राबिधिक सामाग्रीको उचित र निशुल्क व्यवस्था गर्नु पर्ने लगाएतका १८ बुँदे मागहरु राख्दै ज्ञापनपत्र पेश गरिएको अखिल(क्रान्तिकारी) जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :