छटपटीमा प्रचण्ड

भरतपुर/साउन १८ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आजभोली भयानक छटपटीमा परेका छन् । उनी कहिले आफ्नो एजेण्डा चोरेको, एमालेले पीठो बेच्दा आफ्नो पार्टीले बासमती चामल पनि बेच्न नसकेको गुनासो गर्छन् । संघीयता, धर्म निरपेक्षता, गणतन्त्र आदि नारालाई आफ्नो पसलको बासमती चामलका रुपमा प्रचण्डले अथ्र्याएका छन् । तर ती चामल पुँजीवादी पसलकै चामल हुन् । अर्काको पसलको चामललाई आफ्नो ठान्ने भ्रम प्रचण्डमा छ । जसले गर्दा उनले दुःखेसो गर्नुबाहेक अर्को विकल्प छैन । उनी पार्टीको गिर्दो शाख र आन्तरिक खिचातानीका कारण यतिसम्म विचलित छन् कि गएको केन्द्रीय समिति बैठकमा त पार्टी विघटन गर्न सकिने विचारसमेत राखे । नेतृत्व हानथापबाट चिढिएका प्रचण्डले बैठकमा अझै १० वर्षसम्म आफैं पार्टी प्रमुख रहिरहने घोषणा गरेर आकांक्षीहरुलाई चिढ्याउन पुगे । सोमबार जनकपुरको एक कार्यक्रममा दाहालले आफ्नो पार्टीका नेताहरु ठेकेदार, कमिशनखोर, भ्रष्टाचारी र दलालको पछि लागेकोले चुनाव हारेको यथार्थ स्वीकार गर्न पुगे । काँग्रेसको साथ दलालको हात भएको कारण प्रचण्ड भयंकर छटपटीमा छन् । उनीसँग अर्को विकल्प पनि छैन । मानसिक तनावका कारण आजभोली प्रचण्ड झर्कोफर्को गर्न थालेको लाजिम्पाट श्रोतको दाबी छ ।

२०७४ साउन १८ गते १०ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :