काठमाडौँ : एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २–१ गोलले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।
भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक÷एक गोल गरे । भालाडोलिडका ओस्कार प्लानोले एक गोल फर्काए ।
एट्लेटिकोले उपाधि हात पार्न ३८ खेलमा ८६ अङ्क जोड्यो । दोस्रो स्थानको रियल मड्रिडको ८४ अङ्क रह्यो । भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अङ्क जोड्यो ।
प्रतिक्रिया दिनुहोस्