चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

झापा : चट्याङ लागेर जिल्लाको भद्रपुर नगरपालिका २ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा ठाकुर चट्याङ लागेर घाइते भएका थिए । उनलाई भद्रपुरको ओमसाई पाथीभरा अस्पताल पुर्याइएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए । भारतसँगको सीमानजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको र हावाहुरीका साथै भीषण वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :