लमहीमा विप्लव नेकपाले गर्यो सहिद परिवारलाई अभिनन्दन

लमहीमा विप्लव नेकपाले गर्यो सहिद परिवारलाई अभिनन्दन

दाङ,  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ लमही नगरले सहिद परिवारलाई अभिनन्दन गरेको छ । नेकपा लमही नगर सेक्रेटरी उज्ज्वलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता राजिवले गर्नुभएको थियो । सहिद परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उज्ज्वलले सहिदहरुको सपना साकार पार्न फेरि अर्को क्रान्तिको झण्डा सचेततापूर्वक सम्हालेको उद्घोष गर्नुभयो ।

उहाँँले सहिदहरुको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्नुको साटो प्रचण्ड बाबुरामहरु सहिदको रगतमा होली खेलेर संसदीय व्यवस्थामा कुर्सिको भद्दा मजाक गरिरहेको जिकिर गर्नुभयो ।
 सहिद सप्ताह २०७७ को अवसरमा नेकपा देशैभरी सहिद परिवार अभिनन्दन कार्यक्रममा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :