गिरफ्तार गरिएकाहरुलाई रिहा गर : नेकपा

गिरफ्तार गरिएकाहरुलाई रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बझाङले जोगबहादुर कठायतलाई भारतबाट उपचार गरी फर्कनेक्रममा धनगढीबाट गिरफ्तार गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

सो पार्टीका बझाङ जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको कुनै पनि जिम्मेवारीमा नभएका जोगबहादुर कठायतलाई गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेका छन् ।

साथै प्रेस विज्ञप्तिमा फरक राजनैतिक आस्थाको आधारमा आफ्ना पार्टीका नेताकार्यकर्ता, समर्थम, शुभचिन्तक सवैलाई गिरफ्तार गर्ने गरेको भन्दै यस्तो हर्कत बन्द गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :