समयमै उपचार नपाउँदा प्रहरी नियन्त्रणमा रहेका पुनको मृत्यु

समयमै उपचार नपाउँदा प्रहरी नियन्त्रणमा रहेका पुनको मृत्यु

काठमाडौँ : समयमा उपचार नपाउँदा प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’ को आज मृत्यु भएको छ ।

म्याग्दी घर भएका ५८ वर्षीय पुन गम्भीर बिरामी हुँदा पनि प्रहरी प्रशासनले उपचार गर्न नलगेको कारण प्रहरी नियन्त्रणमा मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ ।

प्रहरीले गिरफ्तार गरेपछि एक्कासी बेहोस हुन पुगेका जनसरकार प्रमुख पुनको सोही दिन पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले टाउकाको इमर्जेन्सी अप्रेशन गर्न भनेपनि प्रहरीले उपचार नगरी फर्काएपछि उनको अवस्था गम्भीर बन्दै भएपछि पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरेको समयमै मृत्यु भएको जानकारी अस्पतालले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :