सरकारविरुद्ध क्रान्तिकारी माओवादीद्वारा देशभर प्रदर्शन

सरकारविरुद्ध क्रान्तिकारी माओवादीद्वारा देशभर प्रदर्शन

काठमाडौँ :सरकारविरुद्ध जनआक्रोश बढ्दै गएको छ । यसै क्रममा नेकपा (क्रान्तिकारी माओवादी) ले, राष्ट्रियता जनतन्त्र, जनजीविका, सरकारले गरेका राष्ट्रघाती, जनविरोधी कामको विरोध र भन्डाफोर गर्दै देशभर प्रदर्शन र सभा आयोजना गरेको छ ।
क्रान्तिकारी माओवादीले दैलेख, बाँके, डोटी, डँडेल्धुरा, दार्चुला, कञ्चनपुर, रौतहट, सिराहा र काठमाडौँमा प्रदर्शन गरेको हो । यसैक्रममा उक्त पार्टीले काठमाडौँको शान्तिवाटिकामा जुलुससहित विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ । शान्तिबाटिकाबाट सुरु भएको विरोध¥याली पुरानोबानेश्वर, भद्रकाली, वायुसेवा निगम, वीर अस्पताल हुँदै शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो । जुलुसमा रोक लगाउन खोजेपछि प्रहरीसँग ठाउँठाउँमा झडपसमेत भएको बताइएको छ ।
विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, पार्टी पीबीएम तथा ३ नं. प्रदेश इन्चार्ज दिनेश शर्मा, अखिल नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष डा. ओम गुरुङ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष इश्वर तिमिल्सिना, अनेमसङ्घ (क्रान्तिकारी) की महासचिव शारदा महत, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, क्रान्तिकारी युवा लिगका उपाध्यक्ष केशव ढलकोटी, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका सचिव श्रीकृष्ण सुलु, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेम तामाङलगायतले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा नेता सीपी गजुरेलले बन्दुकको आडमा टिकेको सत्ता बन्दुकले नै भत्काउँछौँ भन्दै शान्तिपूर्ण विरोध प्रदर्शनलाई अवरोध गरेर राज्यले फासिवादी चरित्र प्रदर्शन गरेको बताए । उनले केपी वली सरकार सम्पूर्ण रूपमा असफल र बदनाम भएकाले यसको विकल्प सङ्घीय जनगणतन्त्र मात्र भएको ठोकुवा गरे । उनले सम्पूर्ण देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अब सङ्घीय जनगणतन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्नुको विकल्प नरहेको चर्चा गर्दै त्यसका लागि सार्वजनिक आह्वानसमेत गरे ।
वक्ताहरूले कार्यक्रममा प्रहरीले गरेको अवरोधको कडा विरोध एवम् भत्र्सना गर्दै शान्तिपूर्ण कार्यक्रममा रोक लगाउन खोजेर वली सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको बताएका थिए ।
उक्त पार्टीका पीबीएम तथा नेवाः मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले अध्यक्षता गरेको विरोधसभाको सञ्चालन पार्टी पीबीएम तथा प्रदेश सचिव प्रवेशले गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले दलाल संसदीय व्यवस्था मुर्दावाद, सङ्घीय जनगणतन्त्र जिन्दावाद, अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरलगायत नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :