प्रतिगमन होइन, वैज्ञानिक समाजवाद स्थापना गरौँ : बुद्धिजीवी सङ्गठन

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले प्रेस वक्तव्य जारी गर्दै २१ औँ शताब्दीमा पनि सामन्तवादको नायकलाई सत्ता सुम्पने आकाङ्क्षा राखेर नेपालका विभिन्न सहरमा भएका प्रदर्शनले इतिहासको विकासक्रम र समयको गतिलाई पछाडि फर्काउने दुस्साहस गरेको जनाएको छ । सङ्गठनले राष्ट्रको नेतृत्व सामन्त र दलाल पँुजीवादले नभएर श्रमजीवी किसान, मजदुर र देशभक्तले सच्चा कम्युनिस्ट पार्टीमार्फत गर्नुपर्ने र दक्षिणपन्थी, अवैज्ञानिक, जनविरोधी सत्तालाई विस्थापित गर्न मानसिक र शारीरिक श्रम गर्ने जनता र विश्वमित्रतापूर्ण न्यायका पक्षधर शक्ति एकजुट भई अगाडि बढ्नुपर्ने धारणा पनि सार्वजनिक गरेको छ ।
सङ्गठनका महासचिव व्यापक नेपालीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भारतीय आदिवासी समुदायलाई आफ्नो बासस्थानबाट हटाएर निजी कम्पनीलाई हस्तान्तरण गरिएको खनिज भण्डारबाट राज्यले रु. २७ लाभ प्राप्त गर्दा कम्पनीले रु.५००० प्राप्त गर्ने तथा विस्थापित आदिवासीमध्ये १० प्रतिशतले मात्र न्यून ज्यालाको रोजगारी पाउने तथ्य उजागर गर्ने लेखक अरुन्धती रोयको ध्बपिष्लन धष्तज तजभ ऋयmचबमभक लाई भारतीय विश्वविद्यालयको पाठ्यक्रमबाट हटाउने निर्णय एवम् हालैका हप्तामा भइरहेको किसान आन्दोलनमाथिको दमन र एकाधिकार दलाल पँुजीवाद पोस्ने पपुलिस्ट सत्ताको भत्र्सना गर्नुपर्दछ । यसैको नेपाली संस्करणका रूपमा नेपालका खोलानाला र बालुवागिट्टीमा राजनीतिकर्मीका आसेपासेको कब्जा र सरकार आफैँले घोषणा गरेको न्यूनतम् समर्थन मूल्यभन्दा धेरै नै घाटा सहेर किसानले उत्पादन बेच्नुपरेको तथा उखु किसानले बर्सौंदेखि भुक्तानी नपाएको वास्तविकताले जननिर्वाचित भनिएका सरकारहरूको चरित्रलाई पुनः उजागर गरेको छ ।’
कथित राजावादीहरूको प्रदर्शनका सन्दर्भमा वक्तव्यमा भनिएको छ, ‘२१ औँ शताब्दीमा पनि सामन्तवादको नायकलाई सत्ता सुम्पने आकाङ्क्षा राखेर नेपालका विभिन्न सहरमा भएका प्रदर्शनले इतिहासको विकासक्रम र समयको गतिलाई पछाडि फर्काउने दुस्साहस गरेको देखिन्छ । राष्ट्रको नेतृत्व सामन्त र दलाल पँुजीवादले होइन, श्रमजीवी किसान, मजदुर र देशभक्तले सच्चा कम्युनिस्ट पार्टीमार्फत गर्नुपर्दछ । हालका दक्षिणपन्थी, अवैज्ञानिक, जनविरोधी सत्तालाई विस्थापित गर्न मानसिक र शारीरिक श्रम गर्ने जनता र विश्वमित्रतापूर्ण न्यायका पक्षधर शक्ति एकजुट भई अगाडि बढ्नुपर्दछ ।’
सरकारी पार्टीभित्रको विवादका बारेमा वक्तव्यमा भनिएको छ, ‘ सत्ताधारी दलभित्रको प्रहसन र अध्यक्षद्वयका प्रतिवेदनले व्यक्तिगत÷गुटगत सत्तास्वार्थको वास्तविक अवस्थाको एक्स–रे गरेकोले १० वर्षदेखिको गलत राजनीतिको अन्त्य गर्न सम्पूर्ण क्रान्तिकारी देशभक्त शक्ति एकजुट भई विद्यमान गहिरो सामाजिक–राजनीतिक विभाजनलाई रोक्न वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्दछ । देश र जनहितको विपक्षमा रहेको यो सत्ता र संविधान ९९ प्रतिशत जनताका लागि प्रजातान्त्रिक र देशभक्तिपूर्ण छैन भन्ने बेहोरा महाकाली सन्धिदेखि नेकपामाथिको प्रतिबन्ध हँुदै सामन्त गोयलसम्म आइपुग्दा प्रमाणित भएको छ ।’
वक्तव्यको अन्त्यमा भनिएको छ, ‘जनयुद्धको बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र सङ्घीयता प्राप्त भए पनि यी उपलब्धिको जैविक चरित्र नवउदारवादी संसदीय पद्धतिमा आधारित बनाई सामाजिक दलाल पँुजीवादीको कब्जामा राज्यसंयन्त्र परेकाले यसलाई पराजित गर्न राजनीतिक क्रान्ति सम्पन्न गर्नुपर्नेछ । राजनीतिक व्यवस्था साधन हो भने राष्ट्र र जनहितमार्फत उच्चतम् मानव कल्याण साध्य हो । त्यसैले दलाल संसदीय पँुजीवादी व्यवस्था नै सबै चीज हो, त्जभचभ क्ष्क ल्य ब्तिभचलबतष्खभ ९त्क्ष्ल्ब्० भन्ने भ्रममा नपरी श्रमजीवी जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ सक्दो सहयोग, सल्लाह, समर्थन गर्दै सुराक, शङ्का, भ्रम, दमन, अपे्रसन र विषवमन नगर्न सरकार, राजनीतिकर्मी, बुद्धिजीवी, लेखक, पत्रकार, सुरक्षाकर्मी र जनसमुदायलाई अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :