काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी बैतडीले सातौँ पार्टी पुर्नगठन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
जिल्ला सचिव राजेन्द्र विष्ट ‘परिवर्तन’ का अनुसार जिल्ला इन्चार्ज किरणको नेतृत्वमा पार्टी, जनसत्ता, युवा संगठन, ज.व.स. र मोर्चाका पदाधिकारीहरु सम्मिलित पार्टी पुर्नगठन दिवस आयोजक समिति गठन गरिएको छ ।
आयोजक समितिले भित्ते लेखन, पोष्टरिङ्ग, पर्चा वितरण, चोक, चौतारा, खानेपानीका धारा, पँधेरा, खेल मैदानहरु लगायत विद्यालय जस्ता सार्वजनिक स्थानहरुको सरसफाई एवम् मर्मत कार्यका साथै बाटो निर्माणको काम समेत अगाडि बढाइरहेको छ । जस अन्र्तगत पुर्चौडी नगरपालिकाको तीन नम्बर वडामा तीन किलोमिटर घोडेटो बाटो निर्माण गरिएको छ भने बर्षौदेखि समस्या झेलिरहेका स्थानीय बासी नेकपाले बाटो निर्माण गरिदिए पछि खुसी देखिएका छन् ।
मंसिर ६ र ७ गते जिल्लाका दशवटै स्थानीय तहमा चोकसभा, कोणसभा, ब्यानर–झण्डा प्रदर्शन, मसाल जुलुस प्रदर्शन र एकीकृत जनक्रान्ति एवम् वैज्ञानिक समाजवादी सत्ताको विषयमा अन्र्तक्रिया कार्यक्रम जनताको घरदैलोमा श्रृजनशिल तरिकाले आयोजना गर्न लागिएको सचिव विष्टले बताए ।
उनले अगाडि भने, ‘मंसिर ८ गते श्रद्धेय महासचिव कमरेडले पार्टी कार्यकर्ता र जनताका नाममा गरेको विशेष सम्बोधन नयाँ प्रविधिको प्रयोग गरेर प्रसारण गर्दै क्रान्ति सम्पन्न गरी छाड्ने दृढ प्रतिबद्धताका साथ एक उत्सवका रुपमा सातौँ पार्टी पुर्नगठन दिवस कार्यक्रम सम्पन्न गरिनेछ ।’