गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् गुल्मीले पहिरोपीडितलाई राहत प्रदान गरेको छ । जनपरिषद्ले जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्दीका ५३ घरपरिवारलाई राहतस्वरूप खाद्यान्न प्रदान गरेको हो ।
पहिरो प्रभावित ५३ घरपरिवारलाई प्रतिपरिवार २५ केजीका दरले चामल र तीन केजीका दरले दाल उपलब्ध गराइएको जनपरिषद् गुल्मीले जनाएको छ ।
दसैँतिहारजस्ता चाडपर्वलाई लक्षित गरी जनताको पीडामा थोरै भए पनि मलम लगाउने उद्देश्यले राहत प्रदान गरिएको जनपरिषद् गुल्मीले जनाएको छ ।
इस्मा गाउँपालिका वडा नम्बर एक मल्दीमा गत असार १८ गते पहिरोमा परी दुईजनाले ज्यान गुमाएका थिए भने वडाले ठूलो मात्रामा भौतिक क्षति बेहोर्नुपरेको थियो ।