अखिल क्रान्तिकारीले गर्यो घरघरमै पुगेर श्रमदान

अखिल क्रान्तिकारीले गर्यो घरघरमै पुगेर श्रमदान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी नवलपुरले जनताको घरआँगनमा पुगेर जनश्रमदानलाई तीव्रता दिएको छ ।

जिल्लाको एक स्थानमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक, नेपाल कम्युनिस्ट पार्टी, नवलपुरका गैँडाकोट नगरपालिका इन्चार्ज शैलेन्द्र, स्थानीय बासिन्दासहित दर्जनौँ विद्यार्थीको सक्रिय सहभागितामा एक विद्यार्थीको जग्गामा धान काटेर श्रमदान गर्दै अभियानलाई निरन्तरता दिइएको उक्त सङ्गठनले जनाएको छ । यसअघि पनि उक्त सङ्गठनले एक गरिब किसानको धान काटेर सहयोग गरेको थियो ।

अन्य विद्यार्थी सङ्गठन सहर केन्द्रित भइरहँदा उक्त सङ्गठन भने कोरोना कहरको समयमा विद्यालय बन्द भएको अवस्थामा गाउँ–नगर साङ्गठनिक अभियानमा जुटेको हो । सात महिनासम्म देश कोरोनाले थलिँदा विद्यार्थीले विद्यालयमा पढे–सिकेको जीवन व्यवहारमा लागू हुन नसकेकाले पनि शिक्षालाई श्रम र सिर्जनशीलतामा जोड्नु आवश्यक भएको उक्त सङ्गठनले जनाएको छ ।

पछिल्लो समय अखिल क्रान्तिकारी नवलपुरले गाउँ–टोलमा सङ्गठन निर्माण गर्ने, कोरोना प्रकोपको समयमा विद्यालयबाट वञ्चित भएका विद्यार्थीलाई निःशुल्क कम्युनिटी कक्षा सञ्चालन गर्ने, जनश्रमदान गर्नुका साथै भ्रष्टाचार, राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, बलात्कार, सामाजिक विकृति–विसङ्गतिविरुद्ध सङ्घर्ष गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :