ई–रातो खबरले अन्तरक्रिया गर्ने

काठमाडौं / साउन ४ : विद्युतीय सञ्चार ई–रातो खबर अनलाइनले आफ्नो दुईमहिने परीक्षण प्रसारणपछि साउन ५ गते अन्तरक्रिया गर्ने भएको छ । आफ्ना पाठक, लेखक, समाचारदाता, विज्ञापनदाता र शुभेच्छुकका धारणा र सुझाव लने उद्देश्यले उक्त अन्तरक्रिया गर्न लागेको जानकारी प्रबन्धसम्पादक भीम चापागाईंले दिएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सुरु भएको ई–रातो खबरमा प्रकाशित समाचार र विचारबाट आतङ्कित भएर प्रहरीले बारम्बार थुनछेक र आक्रमण गरिरहेको सन्दर्भमा उक्त कार्यक्रम सुरु गर्न लागेको थाहा भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रमुख अतिथि रहने उक्त कार्यक्रम बागबजारमा हुने बताइएको छ । प्राप्त सुझावपछि ई–रातो खबरलाई थप समृद्ध बनाइने निर्देशक अनिल शर्माले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :