निराश प्रचण्ड र बाबुराम

रातो खबर संवाददाता/काठमाडौं , साउन ४ : पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनताको ठूलो पङ्क्ति चुनाव खारेजी अभियानमा सहभागी भएको छ । नेपालमा गैरसंसदीय क्रान्तिकारी धारा स्थापित भएको छ । अर्कोतिर चुनावमा सहभागी जनमत नै पनि दलाल र अनैतिक गठबन्धनका विरुद्ध प्रकट भएको छ । तसर्थ क्रान्तिकारी र देशभक्त धारालाई बितेका ३ महिनाले स्थापित गरेका छन् । प्रचण्ड र बाबुराम भट्टराई गुटको पराजय र त्यसबाट उत्पन्न निराशालाई सबैको साझा निराशा भन्न थालेका छ्न् । ‘जोगीसँग आशीर्वाद माग्यो भने कमण्डलु दिएर पठाउँछ रे’ थकित–गलित, निराश र आत्मपीडामा रुमल्लिएका दलालहरूले नेपाल कम्युनिस्ट पार्टीलाई निराश देख्ने नै भए नेकपाले भनेको छ । ‘प्रतिक्रियावादी वर्ग र उसका सञ्चारगृहका मालिकलाई खुसी पारेर, झूटो सूचना बेचेर खाने अनैतिक प्रवृत्तिले हामीलाई निराश देखेको होला तर हामी अत्यन्त उत्साहित छौँ र क्रान्तिको बाटोमा दृढ छौँ’, नेकपाका महासचिव विप्लवले ई–रातो खबरसँग सङ्क्षिप्त कुरा गर्दै भन्नुभएको छ । आफ्नो पङ्क्तिमा आएको तीव्र विघटन रोक्न नेकपा (एमाले) सँग पार्टी एकताको प्रयास असफल भएपछि काङ्ग्रेसको पाउ मोल्न पुगेको दाहाल गुटले यसैबेला पार्टी एकताको भ्रम प्रचार गरेको पनि नेकपाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :