सांस्कृतिक अभियानमा गोली / गोर्खाल्याण्ड आन्दोलनमा ८ जनाको मृत्यु

mirik-1काठमाडौं / असार ४ : गोर्खाल्याण्ड प्राप्तिकोे आन्दोलनलाई जारी राख्ने क्रममा पहल सांस्कृतिक अभियानको दोस्रो चरण अन्तर्गत असार ३१ देखि शुरु भएको आन्दोलन बिजनबारीदेखी मिरिकसम्मको पैदल तथा जागरण अभियानमा थियो । सोमबार सो टोली मिरिक पुग्दै थियो । सम्पूर्ण व्यवस्थापन भैसकेको थियो । तर अपरान्ह मिरिक भन्दा ८ माइल नजिकमात्र टोली नपुग्दै मिरिकमा भने तनाव भैसकेको थियो । प्रहरीको गोलीले १ जनाको मृत्यु भएपछि अभियान टोली बिचैबाट फर्केको छ । सो टोली २२–२५ जुलाईसम्म कोलकोतामा विभिन्न कार्यक्रमसहित जाँदैछ । यसैबिच जिसिएमसीसीको मंगलबार कालेबुङ्मा बसेको बैठकले निम्न निर्णय गरेको छ । आज कालेबुङमा बसेको जीएमसीसीको बैठकले लिएका निर्णयहरू –
१.पहिलो अगस्त दिल्ली पुग्नेगरी गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन समितिको एउटा उच्चस्तरीय टोली दिल्ली जाने । टोलीले दिल्लीमा क्याम्प हालेर सेमिनार, धरना गर्ने, एमपी, मन्त्रीहरू भेट्ने, बुद्धिजीवीहरूसँग सहयोग र सहकार्य गर्ने अनि अनशन बस्नेछ, जो दिल्लीमा बसेर नै आयोजना गरिनेछ ।
२. शीघ्रै गोर्खाल्याण्डको ब्लुप्रिन्ट तयार गर्ने ।
३.बन्द र हड्ताल यथावत राख्ने ।
४.जीएमसीसीको एउटा टोली २ / ४ भित्रमा सिक्किम आउने अनि सिक्किमका मुख्यमन्त्री, राज्यपाल र सांसदहरूसँग भेट गर्ने । सम्भव भए सिक्किमका अन्य राजनैतिक पार्टीहरूसँग पनि भेट्ने ।
५.कोलकातामा पश्चिम बंगालका राज्यपाललाई भेट गरी पहाड़मा भइरहेका अन्याय र खाद्यान्न नाकाबन्दीको उजुरी र बहालका लागि आग्रह गर्र्ने ।
६.सर्वभारतीय स्तरमा गोर्खा बुद्धिजीवीहरूको एउटा उच्चस्तरीय बौद्धिक तथा विशेषज्ञहरूको समिति बनाउने, जसले गोर्खाल्याण्डका लागि आवश्यक सबै सल्लाह, सुझाउ र सहयोग प्रदान गर्नेछ ।
७.अहिलेसम्म विभिन्न विकास बोर्डहरूबाट राजीनामा दिने सबैलाई आभार प्रकट गरिएको छ । राजीनामा नदिएका बोर्डका अध्यक्ष, उपाध्यक्षहरूले शीघ्रै राजीनामा दिएर गोर्खाल्याण्ड विरोधी वा जातिविरोधीको कलंकबाट आफूलाई बचाउन पुनः आग्रह गरिएको छ ।
८. विधान सभामा पहाड़का विधायकहरूमाथि टीएमसी विधायक परेश पालले गरेको अभद्र व्यवहारको जीएमसीसीले कड़ा शब्दमा निन्दा गरेको छ ।
९.सिलगढ़ीमा पहाड़माथि लगाइएको खाद्यान्न नाकाबन्दी शीघ्र खोल्नका लागि माग गरिएको छ । यसको निम्ति आवश्यक सबै दबाउमूलक कार्यक्रमहरू गरिनेछ ।
१०.बैठकको शुरुआतमा सिक्किमका पूर्व मुख्यमन्त्री, गोर्खाल्याण्ड आन्दोलनलाई हृदयबाटै समर्थन र सहयोग गर्ने अभिभावक अनि नेपाली भाषा मान्यता संघर्षका पुरोधा नरबहादुर भण्डारीको निधनमा शोक प्रकट र श्रद्धाञ्जली अर्पण गरिएको छ । यसरी नै हिजो मिरिकमा प्रहरीसको गोलीले शहीद बनेका आशिष तामाङप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको छ ।
११.पश्चिम बंगाल सरकारबाट पुरस्कार प्राप्त गरेका सर्जकहरूलाई पुरस्कार फिर्ता गरेकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ अनि बाँकी रहेका सबै साहित्यकार, संगीतकार र सर्जकहरूलाई बंगाल सरकारबाट प्राप्त गरेका सबै पुरस्कार फिर्ता गर्न पुनः आग्रह गरिएको छ ।
बैठकमा सहभागी स्रोतले यी निर्णयहरू भएको जानकारी गराएको छ ।
रूपेश शर्मा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :