एमसीसी पारित भए देश शक्तिराष्ट्रहरूको युद्धभूमि बन्छ : किरण

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एमसीसी सम्झौता हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो हैकम विस्तार गर्न र प्रमुख प्रतिस्पर्धी चीनलाई घेरा हाल्न अमेरिकी साम्राज्यवादले तयार पारेको हिन्द–प्रशान्त सैन्य रणनीतिको एउटा अभिन्न अङ्ग भएकाले नेपालमा यो सम्झौता पारित भएर लागू भएको खण्डमा देशको राष्ट्रिय स्वाधीनता गुम्ने मात्र नभई नेपाल अमेरिका र चीनकोे युद्धभूमि बन्ने चेतावनी दिएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै किरणले नेपाली जनता र सरकारी पार्टीका देशभक्तहरूले समेत चर्को विरोध गरेका कारण एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउनका लागि सरकारले संसद्को गत अधिवेशनमा निर्णयार्थ पेस गर्न नसकेको बताएका छन् । फेरि अहिले अमेरिकी दलालहरूले राष्ट्रिय हितविपरीत रहेका सबै बुँदा परिमार्जन गराइयो भन्ने बहाना बनाई जनतामा भ्रमको खेती गरेर एमसीसी सम्झौतालाई संसद्को आउने अधिवेशनबाट अनुमोदन गराउन गम्भीर षडयन्त्र गरिरहेको किरणको विज्ञप्तिमा उल्लेख छ ।

केपी वली सरकारको षड्यन्त्रकारी रबैयाकोे घोर विरोध तथा तीव्र भत्र्सना गर्दै किरणले उक्त राष्ट्रघाती सम्झौतालाई संसद्बाट अनुमोदन होइन, खारेज गराउन जोडदार माग गर्दै देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पुर्याउने र नेपाललाई शक्तिराष्ट्रहरूको युद्धभूमि बनाउने यस सम्झौताको खारेजीका लागि चारैतिरबाट फेरि पनि आवाज बुलन्द गर्न सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :